जब पर्दा झर्छ,
तालीहरू बिस्तारै हराउँछन्,
पात्र मभित्रै कतै बाँकी रहन्छ
जस्तो आगो निभेपछि पनि
खरानीभित्र
तातोपन बाँकी रहन्छ।
म रंगमञ्च छोडेर फर्किन्छु,
तर मभित्रको त्यो पात्र
फर्किँदैन
ऊ फेरि अर्को रात,
अर्को कथामा,
अर्को सत्य खोज्न
मेरो प्रतीक्षामा बसिरहन्छ।
जीवन सहयात्री दिया लाई
जन्मदिनको धेरै धेरै शुभकामना ❤️
तिमी अभिनय गर्ने होइनौ — पात्रलाई सिधै बाँच्ने कलाकार हौ।कला माथिको तिम्रो अभ्यास लोभ लाग्दो छ जसले मलाई पनि डिसिप्लिनमा राखिदिन्छ 😀
साथी, सहयात्री, र उर्जाको रुपमा सधै छौ, तिमी संगै हिड्न पाउँदा जीवन अझै रमाइलो र समथिंग स्पेसल जस्तो लाग्छ।
जन्मदिनको फेरी पनि अनेकौं अशेष शुभकामना ✨
' Paari Butol's FIRST LOOK DROPPING THIS SUNDAY.
STAY TUNED. 19th april 2026
A film by @ganeshdevpanday
Produced by lexi shrestha
#PaariButol #NepaliCinema #FirstLookAnnouncement #PathibharaEntertainment #TridentConcept
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉🌸
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, उज्यालो सम्भावना र अथाह सफलताका ढोकाहरू खोलोस्। हरेक दिन खुशी, शान्ति र सकारात्मक ऊर्जाले भरिएको रहोस्। तपाईंका सबै सपना र लक्ष्यहरू क्रमशः पूरा हुँदै जाऊन्, अनि हरेक पाइला सफलताको मार्गतर्फ अघि बढोस्।
स्वास्थ्य, समृद्धि, प्रेम र आत्मसन्तुष्टिले भरिएको सुन्दर वर्ष बनोस्। परिवार, साथीभाइ र आफ्ना प्रियजनहरूसँगको सम्बन्ध अझ मजबुत बनोस्, र जीवनका हरेक क्षणहरू सम्झनलायक बनून्।
नयाँ वर्ष २०८३ तपाईंका लागि सौभाग्य, प्रगति र खुशीको वर्ष बनोस् भन्ने कामना गर्दछु। 🌼✨
पुनः एकपटक — नयाँ वर्षको धेरै धेरै शुभकामना! 🙏💖
हार्दिक बधाई अविनाश विक्रम शाह र सम्पूर्ण टिमलाई— The Elephant in the Fog कान्स फिल्म फेस्टिभलमा छनोट भएकोमा।
सिनेमाको माध्यमबाट हाम्रो देशलाई विश्वसँग जोड्ने एउटा सुन्दर प्रयास गरेका छौ। यो उपलब्धि केवल तिम्रो मात्र होइन, सम्पूर्ण नेपाली चलचित्र क्षेत्रकै गर्वको क्षण हो।
सधैं झैं, मेरो शुभकामना तिमीहरूसँग रहनेछ। अझ धेरै उचाइहरू चुम्दै अगाडि बढिरहनु।
आजको मेरो जन्मदिनको विशेष अवसरमा मलाई माया, स्नेह र आत्मीयताले भरिपूर्ण शुभकामना दिनुहुने सम्पूर्ण प्रियजनहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
तपाईंहरूको न्यानो शब्द, सन्देश र साथले मेरो दिनलाई मात्र होइन, मेरो जीवनलाई नै अझ अर्थपूर्ण, उज्यालो र प्रेरणादायी बनाएको छ। हरेक शुभेच्छा मेरो लागि ऊर्जा, आशा र अगाडि बढ्ने हिम्मत बनेको छ।
जीवनको यात्रामा यस्ता आत्मीय सम्बन्धहरू हुनु मेरो लागि ठूलो सौभाग्य हो। तपाईंहरूको माया र विश्वास सधैं यसैगरी साथ रहिरहोस् भन्ने कामना गर्दछु।
पुनः एकपटक, यहाँहरू सबैप्रति मनदेखि नै धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु। 🙏💐
If there is censorship, there is no democracy.
Thankful to the @thepolisproject and author @veer_dosa for standing with artistic freedom and amplifying the concerns of Nepali filmmakers.